काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले कर तिर्ने मिति असार ७ गतेसम्म थपेको छ ।
आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै कर तिर्ने मिति थपेको हो ।
विभागद्वारा जारी सूचना अनुसार यसाे भनिएकाे छ, ‘विश्वव्यापी रूपमा फैलिएको कोभिड- १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरूले आवधिक रूपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिलागर्ने म्याद २०७७ जेठ २५ र जेठ मसान्तसम्म थप गरिएकोमा उक्त अवधि पुन: देहायबमोजिम थप गरिएकाले सो अवधिभित्र विवरण र कर दाखिलागर्नुहुन सम्बन्धि सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । ‘
सूचनामा अधिकांश कर दाखिलाको म्याद असार ७ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्