काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले बताएको छ ।
सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा थप १६ जना संक्रमित देखिएको हो ।
संक्रमित हुनेहरुमा दैलेखका १३ जना, सल्यानका दुईजना, दैलेखका एक जनामा कोरोना संक्रमण देखिएको हो ।
आज थप १६ जनामा कोरोना संक्रमण देखिएसँगै कर्णालीमा संक्रमितको संख्या २७८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्