Logo

अब अक्सिनज र भेन्टिलेटरको आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने– स्वास्थ्यमन्त्री भानुभक्त ढकाल



Spread the love
0

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या बढेकाले अब अक्सिजन र भेन्टिलेटरको आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् ।

अन्तरराष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशनले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । सोही स्वास्थ्य सामग्री ग्रहण गर्दै ढकालले बिरामीका लागि आइसोलेसन कक्ष निर्माण गरी राखिने जनाएका छन् ।

८० प्रतिशत बिरामी सामान्य अवस्थाका हुने हुँदा गम्भीर अवस्थाका बिरामीलाई उपचार गर्नको लागि कुनै कष्ट नहोस् भनी यस्तो नीति अपनाएको पनि बताएका छन् ।

फाउण्डेसनले ३० थान भेन्टिलेटरसहित एक करोड ७० लाख रुपैयाँ बराबरको सामान उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्