Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन उच्च, संसारकै सातौँ सुचिमा



Spread the love

२१ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा २ सय २१ जनाले ज्यान गुमाएका छन् भने ८ हजार ८ सय नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुन १ तारिखमा मात्रै भारतमा २०१ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा २० ले बढेको छ । जुन मृत्यु हुनेको संख्या भारतमा एकैदिन एकैदिन अहिलेसम्मकै उच्च हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको सातौँ स्थानमा पर्न जान्छ ।

अहिलेसम्म भारतमा २ लाख ७ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ५ हजार ८ सय २९ जनाको मृत्यु भइसकेको छ । १ लाख उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्