काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले रुकुम चौरुजहारीमा भएको हत्याको विषयमा बोल्दै अमेरिकाले पनि विभेद अन्त्य गर्न नसकेको बताएका छन् ।
रामबहादुर थापा बादल चौरजहारीमा भएको दलित युवकको हत्याको विषयमा संसदीय समितिमा जवाफ दिन गएका थिए । यसै क्रममा उनले अमेरिकाजस्तो देशले पनि विभेद अन्त्य गर्न नसकेको जनाएका हुन् ।
उनले भने, ‘अमेरिकामा पनि विभेद छ । मार्टिन लुथर किङको हत्या त्यहीं भएको थियो । अमेरिका लोकतन्त्रको प्रत्याभूति भएको देश मानिन्छ । शक्तिशाली देशमा त यस्तो अवस्था छ । नेपाल गरिब देशको सूचिमै पर्दछ ।’
थापाले जातिय विभेद अन्त्य गर्न न अमेरिकाले सकेकाे न त नेपालले सकेकाे पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्