काठमाडौं । म्याग्दीमा क्वारेनटाइनमा बसेका एक जना युवकलाई खोलाले बगाएको छ । उक्त युवक म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङस्थित रहेको जनप्रिय माविको क्वारेन्टाइनमा बसेका थिए । उनी पौडी खेल्ने क्रममा खोलामा बगेको बताइएको छ ।
उक्त युवक एक्लै पौडी खेल्न मंगलबार दिउँस म्याग्दी नदीमा गएका थिए । उनी सोही क्रममा हराएको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजतलास गरिरहेको छ । ती युवक तीन दिनअगाडि क्वारेन्टाइनमा बस्न आएका थिए ।
प्रतिक्रिया दिनुहोस्