२० जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।
भारतमा बितेको २४ घण्टामा २ सय जनाले ज्यान गुमाएका छन् भने ७ हजार ७ सय नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुन १ तारिखमा मात्रै भारतमा २२३ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा २३ ले घटेको छ । जुन मृत्यु हुनेको संख्या भारतमा एकैदिन एकैदिन अहिलेसम्मकै उच्च हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको सातौँ स्थानमा पर्न जान्छ ।
अहिलेसम्म भारतमा १ लाख ९८ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ५ हजार ६ सय ८ जनाको मृत्यु भइसकेको छ । ९५ हजार उपचारपछि निको भएका छन् ।