१९ जेठ, काठमाडौँ। एकैदिन थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या १७९८ पुगेको छ।
मन्त्रालयका अनुसार मकवानपुरमा १, सर्लाहीमा ३८, सिरहामा ५, उदयपुरमा १, झापामा २, नवलपरासीमा ३, दैलेखमा ४१, जुम्लामा १९, सल्यानमा १०, सुर्खेतमा ५, कपिलवस्तुमा ४०, रौतहटमा १८, बाँकेमा ७, दाङमा ९, धनुषामा ७, महोत्तरीमा २, अछाममा १, कैलालीमा १४, बैतडीमा १, डोटीमा १, कञ्चनपुरमा १ जनामा गरि २२६ मा कोरोना संक्रमण देखिएको हो ।
उपचारपछि २२१ जना डिस्चार्ज भएर घर गएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।
प्रतिक्रिया दिनुहोस्