काठमाडौं । सुदुरपश्चिम प्रदेशमा एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले सार्वजनिक गरेको छ ।
१८ जना संक्रमितहरुमध्ये १४ जना कैलालीका रहेका छन् । त्यसै गरी अछामका एक जना, बैतडीका एक जना, डोटीका एक जना र कञ्चनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सेती अस्पताल स्रोतले जानकारी दिएको छ ।
साेमबार १८ जना संक्रमित भएसँगै सुदुरपश्चिममा काेराेनाबाट संक्रमित हुनेहरूकाे संख्या ४३ पुगेकाे छ ।
प्रतिक्रिया दिनुहोस्