Logo

रुकुम घटनाको दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन



Spread the love

काठमाडौं । रुकुमको चौरहजारीमा भएको घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमितिले घटनाको वास्तविक चुरो पत्ता लगाउन आग्रह गर्दै विरोध गरेको छ । प्रदर्शनकारीहरुले जातिय विभेदका कारण उक्त घटना घटेको भन्दै चाँडै नै अपराधीलाई सजायको माग गरेको छन् ।

संघले सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाइसकेको छ । रुकुमको चौरहजारीमा भएको घटनामा नवराज विकसहित पाँच जनाको ज्यान गएको थियो । एकजना अझै लापत्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्