काठमाडौं । रुपन्देहीमा कोरोना भाइरसबाट निको भइ २५ जना घर फर्किएका छन् । २५ जनाले भैरहवाको भीम अस्पतालमा उपचार गरिरहेका थिए ।
उक्त अस्पतालमा रुपन्देहीका १६, कपिलवस्तुका ५, नवलपरासीका ३ र भारतका १ जना गरी २५ जना बिरामी उपचाररत थिए । सम्पूर्णको २४ घण्टाभित्र दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।
रूपन्देहीमा २५ जना निकाे भएसँगै नेपालमा काेराेनाबाट निकाे हुनेहरूकाे संख्या २४५ पुगेकाे छ ।
प्रतिक्रिया दिनुहोस्