काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले रुकुम घटनाबारे छानबिन गर्नको लागि सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुृ पर्ने माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले रुकुमको चौरजहारीमा भएको घटनाले सबैको अनुहारमा कालो पोतिएको बताएका छन् । उक्त घटनालाई हेरेर बस्न नमिल्ने पनि उनले थपेका छन् ।
उक्त घटनामा नवराज विक र उनका ५ जना साथीको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्