Logo

नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या साढे १५ सय नाघ्याे, कुन प्रदेशमा कति संक्रमित ?



Spread the love

काठमाडाैं । नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १५६७ पुगेकाे छ । आइतबार १६६ जनामा काेराेना संक्रमण देखिएसँगै संक्रमित हुनेहरूकाे संख्या १५६७ पुगेकाे हाे ।

मन्त्रालयका अनुसार सल्यानमा २५, दैलेखमा १८,कालिकोटमा १८, तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, बाजुरामा ३, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० गरी १६६ जना कोरोना संक्रमित थपिएका हुन्।

बाजुरा, तनहुँ, कालिकोट र सल्यानमा आज पहिलाे पटक काेराेना संक्रमण देखिएकाे हाे । यी जिल्लामा संक्रमण बढेसँगै नेपालका ५७ जिल्लामा काेराेना संक्रमण भित्रिएकाे छ ।

संक्रमितहरूमध्ये २२० जना निकाे भइ घर फर्केका छन् भने आठ जनाको ज्यान गएको छ ।

प्रदेश न. २ मा काेराेना संक्रमित अत्याधिक रहेका छन् । त्यसपछि ५ र १ मा बढी देखिएकाे छ ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश न. १– १६५

प्रदेश न. २– ६२४

बाग्मती– ४५

गण्डकी–२३

प्रदेश न. ५– ५६०

कर्नाली– १२३

सूदुरपश्चिम– २७

प्रतिक्रिया दिनुहोस्