Logo

नेपालमा कोरोना संक्रमितको संख्या पन्ध सय कट्यो



Spread the love

१८ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

आइतबार १६६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमित हुनेहरुको संख्या १५६७ पुगेको छ । संक्रमितहरुमध्ये २२० जना घर फर्किएका छन् भने आठ जनाको ज्यान गएको छ ।

संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्