Logo

दुई वर्षीय बालिकाको काेराेनाकाे कारण मृत्यु



Spread the love

काठमाडौं । बाजुरामा दुई वर्षीय बालिकाको कोरोना संक्रमणको कारणले मृत्यु भएको पुष्टि भएको छ ।

८ दिन अगाडि आमाबुवासँग भारतबाट नेपाल आउने क्रममा ती बालिकालाई ज्वरो, बान्ता आएको थियो । नेपाल प्रवेग गरेपछि बालिकासहित आमाबुवालाई घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बस्दा औषधिले काम नगरेपछि १५ गते जिल्ला अस्पताल बाजुरामा पुर्याइएको थियो ।

आइसोलेनमा उपचार गर्ने क्रममा ती बालिकाको मृत्यु शनिबार बिहान करिब २ बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । बालिकासँगै आमामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्