काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शान्ता चौधरीले प्रेममा जातको प्रश्न नउठ्ने बताएकी छिन् ।
आइतबार संघीय संसदमा बोल्दै सांसद चौधरीले रुकुमको घटनाको प्रसंग निकाल्दै प्रेम गर्नु र त्यसलाई विवाहमा परिणत गर्नु अपराध नभएको जनाएकी छिन् ।
सांसद चौधरीले भनिन्, ‘प्रेम गर्नु र त्यसलाई विवाहमा परिणत गर्नु अपराध होइन । प्रेममा जातको प्रश्न उठ्दैन ।’
उनले रुकुमको घटना डरलाग्दो भएकाले दोषीलाई कारबाही गर्नु पर्ने माग पनि राखेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्