काठमाडौं । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारणले आइतबार वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
महाशाखाका मौसमविद मीनकुमारी अर्यालले मौसमी प्रभाव सोमबारबाट बिस्तारै हट्दै जाने जानकारी दिएकी छिन् । हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा भएको छ ।
धेरैजसो भू–भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना हुने महाशाखाले बताएको छ । पछिल्लो विवरण अनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८.६ डिग्री र अधिकतम तापक्रम २७.४ डिग्री सेल्सियस रहेको छ ।
जुम्लामा भने न्यूनतम तापक्रम ११.० डिग्री सेल्सियस र भैरहवामा अधिकतम तापक्रम ३४.१ डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस्