Logo

हेटौँडास्थित वनविज्ञान प्रयोगशालाले कोरानाविरुद्ध खोप तयार गरेको दाबी, परीक्षणको माग



Spread the love

काठमाडौं, १८ जेठ । हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थान प्रयोगशालाले कोरोना भाइरसविरुद्धको खोप तयार गरेको दाबी गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेजका प्रा डा. ललितकुमार दासले ६४ दिनको मेहनतपछि खोप तयार गरेको दाबी गरेका छन् । दासले यसभन्दा पहिला हर्बल स्यानिटाइजर बनाइसकेका छन् ।

सीमित स्रोतसाधनका बाबजुत पनि अत्यन्त सूक्ष्म अध्ययनबाट खोप पूर्णरुपमा तयार भएको दाबी गर्दै दासले यसलाई परीक्षणका लागि लगिने जानकारी दिएका छन् । एक साता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुने बित्तिकै परीक्षण गरिने आश्वासन दिएका थिए ।

दासले हिन्दु विश्वविद्यालय बनारसबाट केमेष्ट्रीमा बीएचडी गरेका हुन् । उनले औषधि विभिन्न स्वास्थ्यबद्र्धक जडिबुटीबाट निर्माण गरेको बताएका छन् ।

–रासस

प्रतिक्रिया दिनुहोस्