Logo

जेरुसेलमको मस्जिदमा श्रद्धालु फर्किए



Spread the love

एजेन्सी । इजरायलको राजधानी जेरुसेलममा रहेको पवित्र अल अक्सा मस्जिदमा आइतबार ढाई महिनापछि श्रद्धालु फर्किएका छन् । यति मात्र नभई उनीहरुको बिहानको नमाज पनि पढेका छन् ।

स्थानीय क्षेत्रमा कोरोनाको संक्रमण कम भएपछि लकडाउन हटाउने फैसला गरिएको थियो । तर, अधिकारीहरु भने संक्रमण तिव्र गतिमा आउन सक्ने भनी चेतावनी दिएका छन् ।

अल अक्सा मस्जिदलाई मक्का र मदिनापछि मुसलमानको तेस्रो सबैभन्दा ठुलो महत्वपूर्ण पवित्र स्थल मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्