Logo

कोरियामा १ नेपाली महिलाको मृत्यु



Spread the love

१८ जेठ, सेउल – कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमान्का साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन् ।


घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा जानकारी आए पनि औपचारिक रुपम थाहा भइनसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए । केही दिनयता कोरियामा नेपालीको मृत्यु हुने क्रम लगातार जस्तै देखिएको छ । गत सोमबार मात्रै धादिङकी मैती तामाङको आफ्नो कार्यस्थलमा एक तलामाथिबाट लडेर उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै दुई साता अगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृत फेला परेका थिए । थापाको शव नेपाल लाने अवस्था नभएपछि गत आइतबार कोरियामै अन्तिम संस्कार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्