Logo

जी सेभेन सम्मेलनका लागि एन्जेला मर्केल अमेरिका नजाने



Spread the love


एजेन्सी । जर्मनीकी चान्सलर एन्जेला मर्केलको प्रवत्ताले जुनको अन्तिममा हुन गइरहेको जी सेभेन देशको शिखर सम्मेलनमा भाग नलिने बताएका छन् ।

कोरोना भाइरसको महामारीको कारणले गर्दा यो सम्मेलन पहिला अनलाइनबाट सम्पन्न गर्ने योजना बनाइएको थियो । तर, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको साता अमेरिकामा यस सम्मेलन गरिने बताएका थिए ।

एन्जेला मर्केलका प्रवत्ता स्टेफेन सिबर्टले एन्जेला यो महामारीको स्थितिमा अमेरिका जान नसक्ने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्