एजेन्सी । टर्कीमा दुई महिनापछि मस्जिदमा नमाज पढ्न सुरु गरिएको छ ।
टर्कीको सरकारले मे महिनामा लगातार लकडाउन खुकुलो बनाएको थियो र सपिंग मल, सैलुन र ब्युटी पार्लर खुल्न दिएको छ ।
राष्ट्रपति इर्डोगनले सोमबारबाट रेस्टुरेन्ट, क्याफे, लाइब्रेरी, पार्क, समुन्द्री तट लगायतका विभिन्न ठाउँहरु खुल्ने बताएका छन् ।
शुक्रबार सयौँ मानिसले मास्क लगाएर इस्तनबुलको ऐतिहासिक मस्जिद बाहिर नमाज पढेका थिए ।
टर्कीमा कोरोना भाइरसबाट ४,३९७ जनाले ज्यान गुमाइसकेका छन् । तर, केही डाक्टरहरुले भने यसमा सन्देह जनाउँदै आंकडा दुई गुना हुनसक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्