Logo

भारतमा सफा पानी नपाउँदा प्रत्येक वर्ष दुई लाखको मृत्यु



Spread the love

एजेन्सी । भारतका धेरै ठाउँमा पानीको समस्या रहेको छ । धेरै यस्ता परिवार छन् जसले पिउनको लागि सफा पानी पाउँदैनन । यति मात्र नभई अरु कामको लागि पनि पानी पाउँदैनन् ।

घरका सदस्यहरु बिहान उठ्ने बित्तिकै पानी भर्नको लागि लाइनमा उभिन्छन् ।

सन् २०१८ मा नीति आयोगले जारी गरेको एक रिपोर्टमा सफा पानी नपाउँदा भारतमा प्रत्येक वर्ष दुई लाख मानिसको मृत्यु हुने बताइएको थियो । सन् २०१९ को अप्रिल महिनामा भारतको ४२ प्रतिशत भाग सुख्खा भएको थियो ।

भारतमा पानीलाई लिएर भविष्यमा निकै ठुलो चुनौती हुने विज्ञहरुले भन्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्