Logo

भारतमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु



Spread the love


१७ जेठ, एजन्सी –
 विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा२ सय ६९ जनाले ज्यान गुमाएका छन् भने ७ हजार २ सय नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् मे २७ तारिखमा मात्रै भारतमा १९० जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा १०० सयले बढेको छ । जुन मृत्यु हुनेको संख्या भारतमा एकैदिन एकैदिन अहिलेसम्मकै उच्च हो ।

अहिलेसम्म भारतमा १ लाख ७३ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ४ हजार ९ सय ८० जनाको मृत्यु भइसकेको छ । ८२ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्