एजेन्सी । दक्षिण अफ्रिकाका विपक्षी नेता जुलियस मलेमाले दक्षिणी अफ्रिकाका मानिसलाई धार्मिक स्थलमा कोरोना संक्रमण हुन सक्ने भन्दै नजानको लागि अपिल गरेका छन् ।
उनले भने,‘मानिसहरु यो नसम्झुन् की भगवानको प्रार्थना गर्नको लागि गिर्जाघरमै जानुपर्दछ । त्यहाँ जम्मा हुँदा धेरै खतरा हुन सक्दछ । ’
मलेमाले देशका तमाम धर्मगुरुलाई आग्रह गर्दै चर्च लगायतका अन्य धार्मिक स्थल बन्द गर्नको लागि पनि आग्रह गरेका छन् ।
उनले इकोनोमिक फ्रिडम फाइटर्स पार्टीका सदस्यहरुलाई पनि धार्मिक स्थलमा गइ प्रार्थना गर्न बन्द गर्नु पर्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्