एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि सरकारले करिब २५१ विद्यालय बन्द गरेको छ ।
दक्षिण कोरियामा संक्रमितको संख्यामा कमी आएपछि केही दिन पहिला बच्चाहरुको लागि विद्यालय खोलिएको थियो ।
दक्षिण कोरियामा बितेको २४ घण्टामा ५६ जना कोरोना संक्रमित भेटिएका छन् । यसभन्दा पहिला दक्षिण कोरियामा ७९ जनामा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमितहरु अधिकांश पश्चिम कोरियाको बुचनका हुन् । बुचन घना आवादी भएको क्षेत्र हो । जस कारणले गर्दा अधिकारीहरु त्यस क्षेत्रलाई लिएर चिन्तित भएका छन् ।
संक्रमणको डरले बुचनका करिब २५१ विद्यालय दोस्रो पटक बन्द गर्नु पर्यो । यसका साथै सयौँ विद्यालयहरुले महामारीपछि खोल्ने योजनालाई खारेज गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्