Logo

निसानको कारखाना बन्द गर्ने फैसला विरुद्ध बार्सिलोनामा प्रदर्शन



Spread the love


एजेन्सी । विश्व प्रशिद्ध कार कम्पनी निसानले स्पेनको बार्सिलोना सहरमा रहेको कारखाना बन्द गर्ने निर्णय गरेको छ । उक्त कारखाना बन्द हुँदा २,८०० मानिसको जागिर गुम्नेछ ।

जापानिज कार कम्पनीले घाटाको कारणले गर्दा कारखाना बन्द गर्न लागेको हो । बार्सिलोनामा यस फैसलाको विरोधमा प्रदर्शन भएको हो ।

निसानलाई गएको वित्तिय वर्षमा ६.२ अरब डलरको घाटा भएको थियो । जुन घाटा बितेको १० सालमा पहिलो पटक भएको घाटा हो ।

कोरोनाको महामारी आउनुभन्दा पहिला यस कम्पनीको गाडीको बिक्रीदर घटेको थियो र महामारीपछि झन् गिरावट आयो । जसले गर्दा कम्पनीलाई कारखाना बन्द गर्नु पर्ने फैसला लिनुपर्यो ।

प्रतिक्रिया दिनुहोस्