Logo

जेठ १६ गते शुक्रबार,भोलिको राशीफल



Spread the love

भोलि मिति २०७७ साल जेठ १६ गते शुक्रबार। भोलिको राशीफल यस प्रकार रहेको छ। तपाइकाे दिन रात शुभ रहाेस्

मेष राशी –  मेष राशि हुनेहरुको लागि आज दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुने छ । मनोरञ्जन तथा भौतिक उन्नतिको योग छ ।आँटेको काम पुरा होला । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् ।

वृष राशी – वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढीनै यत्न गरेरमात्रै सफलता पाउन सकिने खालको दिन रहेको छ । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । घर परिवारका सदस्यहरुबाट सहयोग पाउन सकिएला । पुराना कामहरुबाट भनेभन्दा बढिनै आम्दानि हुनेछ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।

मिथुन राशी – मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आम्दानीकर छ । रपनि विशेष आर्थिक प्राप्तिमा केही अबरोध देखिएको छ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । शत्रु क्षय होलान् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

कर्कट राशी – कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आत्मबल बढाउन र समयको सदुपयोग गर्न सकेको खण्डमा केही राम्रो अवसर प्राप्त हुनसक्ने देखिएको छ । नयाँ-नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । योजनानुसार सबै कार्य सफल हुदै जानेछन् । आकस्मिक उपहार प्राप्त हुनसक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । टाढाका साथीभाइले काममा साथ दिनेछन् ।

सिंह राशी – सिंह राशि हुनेहरुको लागि आज दिन सात्त्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजनासंवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ । व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । राज्यबाट मान सम्मान पाइनेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । विभिन्न कुराको किनमेल हुनेछ । दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हात लाग्नेछ।

कन्या राशी – कन्या राशि हुनेहरुको लागि आजको दिन  रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । आजको समय बढी प्रेरणादायक रहनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् । त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा असर गर्नसक्ने छ ।

तुला राशी – तुला राशिहुने हरुको लागि आजको दिन भौतिक सुखोन्नति हुने र सेवा सत्कार मिल्ने छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोगले पनि आजको दिन रमाइलो बनाउने छ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । शुभ समाचार सुन्न पाइएला ।  स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

वृश्चिक राशी – वृश्चिक राशिहुने व्यक्तिहरुको लागिआजको दिन हुनलाई पराक्रम बढ्ने खालको रहेको छ तरपनि अनावश्यक उन्माद तथा घमण्डमा समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिन्छ । मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले सताउला ।

धनु राशी – धनु राशि हुनेहरुको लागि आजको दिन ज्ञानक्षमताको बल प्रस्तुतिको अवसर मिल्ने छ । विद्याको सदुपयोग गर्नसकिने र प्रशंसा पनि मिल्नेछ । विद्यार्थीले आजको दिनको बढी फाइदा उठाउन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् ।

कुम्भ राशी – कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ।

मकर राशी – मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । आजको दिन ख्याल पुर्याउनपर्ने खालको पनि छ । ख्यालख्यालमा कसैसँग विवाद हुनपनि सक्नेछ । काममा अबरोध आउनसक्ने र आरोप खेप्नुपर्ने हुनसक्नेछ ।

मीन राशी – मीन राशिका व्यक्तिहरुको लागि आजको दिन लक्ष्मी तथा सरस्वती दुवैको कृपा मिल्ने योग छ । काममा दुविधा उत्पन्न हुन सक्छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । सामानहरू छुट्ने–हराउने सम्भावना छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्