Logo

कोरोना अपडेटः विश्वमा कहाँ के भइरहेको छ



Spread the love


एजेन्सी । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको त्रास विश्वभर फैलिएको छ । विश्वका अधिकांश देश बन्दाबन्दीको अवस्थामा छन् । आउनुहोस जानौँ, कहाँ के भइरहेको छ ।

१. जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट ५६ लाख ९० हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ३ लाख ५५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

२. अमेरिकामा मर्नेहरुको संख्या १ लाख कटेको छ भने संक्रमितको संख्या करिब १७ लाख पुगेको छ ।

३.ब्राजिल विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र हो । ब्राजिलमा कोरोना भाइरसबाट ४ लाख ११ हजारभन्दा धेरै संक्रमित भएका छन् भने मर्नेहरुको संख्या २५ हजार नाघेको छ ।

४. संक्रमणको हिसाबले रुस विश्वको तेस्रो ठुलो राष्ट्र रुस हो । रुसमा ३ लाख ७० हजारभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । यद्यपि रुसमा मृत्युदर भने न्यून रहेको छ । रुसमा करिब ४ हजार मानिसले ज्यान गुमाएका छन् ।

५.बेलायत विश्वको चौथो प्रभावित राष्ट्र हो । बेलायतमा संक्रमितको संख्या २ लाख ६८ हजार नाघेको छ भने ३७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

६. भारतमा कोरोना भाइरसबाट १ लाख ५१ हजारभन्दा धेरै संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट ४३३७ जनाको मृत्यु भइसकेको छ ।

७. खाडी देशमा कोरोना संक्रमितको संख्या बढेर दुई लाख कटेको छ । खाडी देश जहाँ कतार, कुवेत, साउदी अरेबिया, दुबई, बहराइन र ओमन रहेका छन् । तर, खाडी मुलुकमा सबैभन्दा ठुलो अर्थव्यवस्था भएको देश साउदी अरेबियाले लकडाउन खुकुलो बनाउन थालेको छ ।

८.स्पेनमा कोरोना भाइरसबाट मर्नेहरुको यादमा १० दिन शोकको घोषणा गरिएको छ । स्पेनमा कोरोना भाइरसबाट २७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

९. रुसले ब्रिक्स सम्मेलन खारेज भएको घोषणा गरेको छ । ब्रिक्स सम्मेलन जुलाइ महिनामा सेन्ट पिटर्सबर्गमा हुनेवाला थियो । कोरोना भाइरसको कारण धेरै आयोजनाहरु रुसले खारेज गरेको छ ।

१०.साउदी अरेबियाले घरेलु उडान मे ३१ बाट सुरु गर्ने घोषणा गरेको छ ।

११.फ्रान्सको सरकारले कोरोनाको उपचारको लागि प्रयोग गरिने हाइड्रोक्सीक्लोरोक्विन बन्देज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्