एजेन्सी । भारतको मध्य प्रदेशमा होम क्वारेन्टाइनको नियम पालना नगर्नेलाई दुई हजार रुपैयाँको जरिवाना तिर्नुपर्ने आदेश जारी गरिएको छ ।
बुधबार मध्य प्रदेशको सरकारले यस्तो आदेश जारी गरेको हो ।
प्रदेशको स्वास्थ्य विभागद्धारा जारी आदेशमा यदि कुनै व्यक्ति दोस्रो पटक होम क्वारेनटाइनको नियम उल्लंघन गरेको खण्डमा उसलाई घरबाट सिधै क्वारेनटाइन सेन्टरमा लगिने बताइएको छ ।
मध्य प्रदेशमा कोरोना भाइरसबाट ५६ हजारभन्दा धेरै संक्रमित भएका छन् भने १८९७ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्