एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संगन फाउण्डेसनको घोषणा गरेको छ । यो कानूनी रुपले एक फरक निकाय हो । यसको उद्धेश्य दाताहरु खोज्नु हो ।
यसमा सामान्य मानिसहरुले पनि आर्थिक सहयोग गर्न सक्दछन् । यो मुख्य संगठनबाट पूर्ण रुपमा स्वतन्त्र रहेको छ ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले भविष्यको सफलताको लागि दानकर्ताहरुको दायरालाई बढाउनु आवश्यक रहेको बताएका छन् । डब्ल्यूएचओलाई पैसा सदस्य राष्ट्रबाट मिल्ने गर्दछ ।
आवादी र आर्थिक स्थितिमा आधारित भइ राष्ट्रहरुले पैसा दिने गर्दछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओ चीनसँग मिलेको भनी अनुदान कटौती गर्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्