Logo

महिलालाई राख्न छुट्टै क्वारेन्टाइन निर्माण गरिने



Spread the love

११ जेठ, पोखरा – पोखरा महानगरले कोरोना सङ्क्रमण रोकथामका लागि महिलालाई छुट्टै क्वारेन्टाइन बनाउने भएको छ । पोखरा महानगर कोरोना सङ्क्रमण नियन्त्रण मूल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा आज बसेको बैठकले महानगरका ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गरिने र महिलाका लागि छुटै क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।


उपप्रमुख गुरुङले सबै वडाका वडाध्यक्षलाई ५० जना राख्न सकिने स्थानको छनोट गर्नका लागि पत्राचार गरिने र महिलाका लागि एउटा छुट्टै क्वारेन्टाइन स्थानको छनोट र व्यवस्थापन गर्न महानगरको क्वारेन्टाइन व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए ।

महानगरले हाल दुई क्वारेन्टाइन सञ्चालन गरेको छ । स्थानीय मालेपाटनस्थित कृषि विकास क्षेत्रीय निर्देशनालय छात्रावास र जाल्पारोडस्थित लेकसिटी रिसर्च एण्ड हस्पिटलमा महानगरले क्वारेन्टाइन सञ्चालन गरेको छ । सङ्क्रमणको जोखिम बढ्दो देखिएकाले आगामी दिनमा थप व्यक्ति राख्नुपर्ने अवस्थालाई ध्यान दिएर महानगरले क्वारेन्टाइन निर्माण गर्न लागेको उपप्रमुख गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्