काठमाडाैं । हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएकी संखुवासभाको खाँदबारी नगरपालिका– ६ की गंगा कार्कीको मृत्यु भएको छ । उनको उपचारको क्रममा काठमाडौंस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति मृत्यु भएको हो ।
नवजात शिशु गुमाएकी ३२ वर्षीया गंगालाई जिल्ला अस्पतालमा उपचार हुन नकसेपछि नेपाली सेनाको हेलिकप्टरले शुक्रबार ४ बजे काठमाडौं ल्याएको थियो । गंगालाई चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो ।
डाक्टरले बच्चा अप्ठ्यारो ठाउँमा रहेको बताएपछि उनलाई विराटनगरको नोबल अस्पतालमा रिफर गरिएकाे थियाे । नोबेल अस्पतालमा नै उनले मृत बच्चा जन्माएकी थिइन् । मृत बच्चा जन्माएपछि भने उनी बेहोश भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्