एजेन्सी । दुबईको वाणिज्य महासंघको एक सर्भे अनुसार आगामी ६ महिनामा दुबईका ७० प्रतिशत व्यापार घाटा हुन सक्ने बताएको छ ।
प्रस्तुत सर्भे विहीबार जारी गरिएको थियो । दुबईका ९० प्रतिशतभन्दा धेरै कम्पनीका अनुसार सन् २०२० को सुरुवातबाट नै भारी गिरावट आएको छ ।
दुबईको वाणिज्य महासंघका अनुसार महामारीको कारणले गर्दा सबैभन्दा धेरै असर साना र मझौला उद्योगमा परेको छ ।
पर्यटन क्षेत्रसँग जोडिएका कम्पनी, रियल स्टेटका आधाभन्दा धेरै कम्पनी, होटेल रेस्टुराँ मालिकदेखि लिएर रिटेल उद्योगसँग जोडिएकाहरुले काममा ७० प्रतिशत गिरावट आएको बताएका छन् ।
सर्भेमा सहभागी भएका ४८ प्रतिशत कम्पनीले महामारीसँग लड्ने कुनै योजना नभएको जनाएका छन् ।
दुबईमा कोरोना भाइरसबाट २७ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्