एजेन्सी । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५० लाख कटिसकेको छ । कोरोना भाइरसको कारणले गर्दा ३ लाख ३२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । आउनुहोस् जानौँ, विश्वमा कहाँ के भइरहेको छ ।
१. बेलायत सरकारको आँकडा अनुसार लण्डनमा ६ मानिसमध्ये एक मानिसमा कोरोना संक्रमण भएको छ । यसैगरी पुरै बेलायतमा २० मानिसमध्ये एकमा कोरोना संक्रमण देखिएको आँकडामा बताइएको छ ।
२.दक्षिण अफ्रिकामा कोरोना भाइरसको कारणले गर्दा नवजात शिशुको मृत्यु भएको छ ।
३.ल्याटिन अमेरिकामा कोरोना भाइरसको कहर बढ्दै गइरहेको छ । ब्राजिल, पेरु र म्याक्सिकोमा कोरोनाको आँकडा तिव्र गतिले बढिरहेको छ ।
४.ओमनको ठुलो घटना सामुन्ने आएको छ । ओमनको एक भागमा १७३ कोरोना संक्रमितमा ६८ जनाले ज्यान गुमाएका छन् ।
५.तापक्रम बढ्दै जाँदा फ्रान्स, नेदरल्याण्ड र बेलायतको समुन्द्री तटमा भीड हुन थालेको छ । जसले गर्दा स्वास्थ्य अधिकारी र विशेषज्ञहरु चिन्तित भएका छन् ।
६. फ्रान्समा दुई भाइले बँगैचामा खन्ने क्रममा सुनबाट बनेको दुई इँटा भेटाएका छन् । ती दुई इँटा ४५–४५ हजार पाउण्डका रहेका छन् ।
७.श्रीलंकाको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीन मानिसले ज्यान गुमाएका छन् भने आठ मानिस घाइते भएका छन् । एक व्यापारीले आफ्नो गोदाममा कोरोनाबाट पीडित भएका मानिसहरुलाई पैसा बाँडिरहेका थिए । उक्त समयमा त्यहाँ सयौँ मानिस जम्मा भएका थिए । श्रीलंकामा कोरोना भाइरसबाट १, ०४५ जना संक्रमित भएका छन् भने ९ जनाले ज्यान गुमाइसकेका छन् ।
८.स्पेनको स्वास्थ्य मन्त्रालयले एकदिनमा मर्नेहरुको संख्यामा कमी आएको पुष्टि गरेको छ । बिहीवार स्पेनमा जम्मा ४८ जनाको ज्यान गएको थियो । १६ मार्चपछि पहिलो पल्ट ५० भन्दा कमको ज्यान गएको हो ।
९. अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को रिपोर्ट अनुसार अमेरिकामा कोरोना भाइरसबाट १५ लाख ५१ हजारभन्दा धेरै संक्रमित भएका छन् । अमेरिकामा कोरोना भाइरसबाट ९३, ०६१ जनाले ज्यान गुमाइसकेका छन् ।
१०.अमेरिकामा बेरोजगार भत्ताको माग गर्नेहरुको संख्यामा वृद्धि हुँदै गएको छ । बेरोजगार भत्ता माग्नेहरुको संख्या ३ करोड ८० लाखभन्दा धेरै रहेका छन् ।
११. बंगलादेशमा बितेको २४ घण्टामा कोरोनाबाट १, ७७३ जना संक्रमित भएका छन् । यसका साथै बंगलादेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २८, ५११ पुगेको छ । कोरोना महामारीको बीचमा आएको विनाशकारी तुफानको पनि बंगलादेश सामना गरिरहेको छ ।
१२. अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले अस्पतालमा कोरोना संक्रमितहरुको लागि बेड कम भएको बताएको छ ।
१३. चीनकाे बुहानमा जंगली जनावरको मासु खानलाई प्रतिबन्ध लगाइएको छ ।