९ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले पाकिस्तान पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको पाकिस्तान अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।
पछिल्लो समय भारत एसियामा सबै भन्दा धेरै कोरोना संक्रमण भएको छ भने दोस्रोमा पाकिस्तान रहेको छ । उक्त देश दिनप्रति दिन कोरोनाबाट मर्नेको संख्या उच्च रहेको छ ।
पाकिस्तानमा २४ घण्टा यता ३२ जनाको संक्रमणबाट ज्यान गएको छ भने २ हजार भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । हिजो को तुलनामा मुत्यु हुनेको संख्या १२ घटेको छ । पाकिस्तानमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।
पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेहरुको सङ्ख्या १ हजार १७ जना भएको छ । पाकिस्तानमा निको भई १३ हजार २ सय घर फर्केका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित पञ्जाब रहेको छ । ४८ हजार ८३ संक्रमित पुगेका छन् ।