काठमाडौं । थप ९ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेहरुको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या ३ रहेको छ भने ४९ जना उपचारपछि निको भइ घर फर्केका छन् ।
सरकारले पीसीआरमार्फत् ३८ हजार ७३६ परीक्षण गरेको छ । बितेको २४ घण्टामा ३, ४१३ परीक्षण भएको डाक्टर देवकोटाले जनाएका छन् ।
नेपालमा अहिलेसम्म ३९ जिल्लामा कोरोना भाइरस देखिएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित जिल्ला बाँके रहेको छ । बाँकेमा ९९ जनामा कोरोना भाइरस देखिएको छ । बाँकेपछि पर्सा र कपिलवस्तुमा धेरै संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्