मङ्सिर ३, सल्लेरी खबर ।
समय को अन्तरल संगै कुनै परिवारमा मुख्य बिषयमा छलफल सुरु हुन्छ ।
बिषय :जेठो छोराको बिहे ।
बाबुआमाको लागी बुहारी , घरपरिवार समाजको लागि नयाँ दुलहि । आमाले खोजेको पहिलो कन्या गृहकार्यमा निपुर्ण थिइन , अशिक्षित भनि बाबु फर्किएका थिए । दोश्रो कन्या शिक्षित र सुशील थिइन, नराम्री भनि छोराले फर्कायो । अनि केटि, बाबुले खोजे , शिक्षित र सुन्दर पनि तर घरधन्दामा अपुर्ण भनि आमाले फर्काइन । दिदीबहिनी, दाजुभाई, आफन्तहरु ले पनि देखाउने क्रम सुरु भयो ।
ओहो कुनैनकुनै दुरगुण मोर्डेन भै , मोर्डेन चाहियो , कमाउने चाहियो । ओहो छोराको भन्दा बढी कमाइ रहेछ पछि हेप्छन । कुलकि चाहियो, धनि चाहियो ,ओहो ससुराली धेरै धनि भयो भने पछि हेप्छन फेरी ? , सामान्य परिवार हेर्यो बच्चाहरुको मावली राम्रो हुदैन कि ? ओहो ! एक दिन आकाशमा अचानक बादलको घेरा देखीयो , हुन सक्छ बार्हौ कन्या हुन् कि ? अनि लमीले मिलाएछन् , जो प्रशस्त दाइजोवाला थिइन ।
अचानक उनका सबै खोटहरु गुणमा परिबर्तन भए, नपढेर के भो त ? हामी बुहारी लाई ? जागिर खान पठाउने होइन नि , बाबुले वक्तब्य ननिकाले स्वास्नी धेरै राम्री भईभनी सबैले आखा लगाउछन् , छोराले तर्क निकाल्यो घरधन्दा गर्न त कान्छा छदैछ नि ! आमाले पनि विचार बदलिन । बिहे गर्न लाइ केटाकेटीको राजी भएपछि अरु कुरा त गौण हुन् नि त भन्छ समाज । “मैना मज्लु राजी तो क्या करेगा काजी” । अनि तुरुन्त सर्वसहमतिमा बिबाह पारित भयो । बार्हौ कन्या संग ।