काठमाडाैं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले भारतले अतिक्रमण गरेको भूमि समेटेर नयाँ नक्सा पारित गर्नु पार्टीकाे सामूहिक प्रयासबाट नै सम्भव भएको बताएका छन् । पार्टीको माग अनुसार सरकारले निर्णय गरेको हुनाले एक व्यक्तिको मात्र देवत्वकरण नगर्न पनि आग्रह गरेका छन् ।
बुधबार बिहान उपाध्यक्ष बामदेवले फेसबुक पेजमा लेख्दै सरकारका हर कामहरु विवादास्पद हुँदा हुँदै पनि यो काम भने स्वागतयोग्य भएको उल्लेख गरेका छन् ।
बामदेवले लेखेका छन्, ‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जार िगर्नुपर्ने सन्दर्भमा मैले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैलाई स्मरण गराउन चाहन्छु । यस पटक पनि छुटेका नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी जारी गर्नुपर्ने प्रस्ताव मैले नै राखेको हो । देवत्वकरण गर्नु ठिक हुँदैन । पार्टीको निर्णय अनुसार सरकारले पारित गरेको हो ।’