७ जेठ ,काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्