६ जेठ, कपिलवस्तु – कपिलवस्तु अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको छ। कपिलवस्तु अस्पतालले जनाए अनुसार केही दिनअघि कोरोना संक्रमण देखिएकी उनको दोस्रो र तेस्रो स्वाब रिपोर्ट नेगेटिभ आएको हो ।
कपिलवस्तु अस्पतालकी स्टाफ नर्समा बैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयले गत जेठ १ गते दोस्रो र ४ गते तेस्रो स्वाब नमूना संकलन गरी पठाएकोमा दुवै परीक्षणको रिर्पोट नेगेटिभ आएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर वन्जाडेले बताएका छन् ।
सुपरिटेण्डेन्ट डा. वन्जाडेका अनुसार लगातार २ पटक स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिए पनि उनलाई केही दिन आइसोलेसनमै राखिनेछ ।
प्रतिक्रिया दिनुहोस्