Logo

गुल्मीमा पाँच महिने शिशुको कोरोना परीक्षण



Spread the love

६ जेठ, गुल्मी । गुल्मीमा पाँच महिनाकी शिशुमा कोरोना परीक्षण गरिएको छ ।

काठमाडौंबाट १५ दिन अघि आमासँगै इस्मा गाँउपालिका प्रवेश गरेकी उनलाई १४ दिनसम्म गाँउपालिकाले निमार्ण गरेको क्वारेन्टाइनमा राखी सोमवार आरडीटी परीक्षण गरिएको इस्मा गाँउपालिकाकी उपाध्यक्ष बिमला खत्रीले सल्लेरी खबरलाई बताएकी छिन् ।

उनीसँगै २२ जनाको आरडीटी परीक्षण गरिएको र सबैको रिर्पोट नेगटिभ आएको गाँउपालिकाले जनाएको छ । आमासँगै १४ दिनसम्म क्वारेन्टाइनमा बसेकी शिशु इस्मा गाँउपालिका चार दोहोलीकी सिरिया धर्ती हुन् ।

जिल्लाका १२ स्थानीय तह मध्ये एक स्थानीय तह इस्मा गाँउपालिका कोरोना नियन्त्रणमा अब्बल देखिएको छ । इस्मा गाँउपालिका र जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीको निर्णय अनुसार इस्मा गाँउपालिकाले कार्यहरु अगाडी बढाएको छ । गाँउपालिका प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनमा बस्न नमान्नेलाई गाँउ प्रवेशमा प्रतिबन्ध समेत लगाएको छ ।

याे पनि पढ्नुहाेस् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्