Logo

गुल्मीमा भेटिएका पहिलो कोरोना संक्रमितको नालीबेली



Spread the love

६ जेठ, गुल्मी । प्रदेश पाँचको पहाडी जिल्ला गुल्मीमा पनि कोरोना संक्रमणकाे पृष्टि भएको छ । सोमबार बुटवलस्थित एक अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पोजटिभ देखिएको हो ।

यस्तो छ उनको पुरा विवरण ।

सोमबार कोरोना पृष्टि भएका युवक गुल्मी जिल्लाको मदाने गाँउपालिकाका नागरिक हुन् । उनले सोही गाँउपालिकाको एक विद्यालयमा अध्यापन गराउँछन् । उनलाई बैशाखको २२, २३ गतेबाट स्वास्थ्यमा समस्या देखिएको थियो । उनको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि उनलाई बैशाखको ३१ गते पुर्कोट दहस्थित् एक मेडिकलमा मोटरसाइकल प्रयोग गरी उनलाई उपचार गर्न लगिएको थियो । स्वास्थ्य अवस्था जटिल भएका कारण उनलाई सोही दिन करिब १२ बजेतिर त्यहाँबाट अर्घाखाँचीको छायाँ मेडिकलमा रिफर गरिएको बताइएको छ ।

जण्डिस र मिग्राैलामा समस्या देखाउँदै त्यहाँबाट सोही दिन करिब २ बजे बुटवल रिफर गरिएको थियो । त्यसपछि उनलाई जेठ १ गते रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखी खराब स्वास्थ्यका कारण पिल्सिएका उनलाई रुघाखोकी तथा ज्वरो देखिए पछि कोरोना आशंकामा प्रदेश प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियाे ।

उनलाई कोरोना कसरी सर्याे ?

उनी लामो समयदेखि बिरामी थिए । केही समय अघि उनी गाँउको एउटा बिहेमा सहभागी भएको बुझिएको छ । पेशाले उनी शिक्षक सामान्यत: भारत तथा तेस्रो मुलकबाट भित्रिएका नागरिकसँग खासै सम्पर्कमा नरहेको बुझिएको छ । पछिल्लो समय भारतबाट १० जना नागरिक मदाने गाँउपालिका भित्रिएको र सबैको आरटीडी परीक्षण गरिएको मदाने गाँउपालिकाका सूचना अधिकारी ऋषि पाेख्रेलले सल्लेरी खबरलाई बताए ।

भारतबाट आउने मध्ये उनको टोलको एक जना पनि नभएको मदाने गाँउपालिकाले पृष्टि गरेको छ । उनलाई कसरी कोरोना सर्यो भन्ने विषयमा आधिकारिक विवरण पत्ता लगाउन सकिएकाे छैन । यता नेकपा गुल्मीका प्रभावशाली नेता तथा मदाने गाँउपालिकाका नागरिक बुद्धि जीसीले आरडीटी परीक्षणले मात्र कोरोना पत्ता नलाग्ने भन्दै मदाने गाँउपालिकामा भारतबाट लुकेर अरु नागरिक आउन सक्ने आशंका गरेका छन् । ग्रामीण क्षेत्रमा सबै मानिससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्पर्क हुने बताउँदै सजग रहन समेत आग्रह गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्