काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको बैठकलाई सम्बोधन गर्दै नेपालमा कोरोनाबाट कसैको पनि ज्यान नजाओस् भन्ने हाम्रो प्रयास खेर गएको बताएका छन् ।
केपी ओलीले भने, कोरोनाबाट कसैको पनि मृत्यु नहोस् भन्ने कुरामा सरकारको ध्यान थियो । तर प्रयास असफल भई २ जनाको ज्यान गएको छ । कोरोनाभन्दा अन्य रोगले पनि मृत्यु हुनसक्छ । तर, डब्ल्यूएचओले जुनसुकैले मृत्यु भएपनि कोरोना संक्रमण भएको अवस्थामा यसैलाई मान्ने बताएको छ ।
देशमा अरुको कोरोनाको कारणले कसैको मृत्यु नहोस् र संक्रमण नहोस् भनी सरकारले सतर्कता अपनाउँदै आएको कुरामा ओलीको दाबी रहेको छ । कोरोनासम्बन्धि काम कारबाहीलाई ओलीले संसदलाई पनि जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्