Logo

अमेरिकन कम्पनीका दाबी–‘अध्ययन गर्दा भ्याक्सिनको असर ८ मानिसमा देखा पर्यो’



Spread the love

एजेन्सी । अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडर्नाले अनुसन्धानमा समावेश आठ मानिसमा भ्याक्सिनको परीक्षण गरेको थियो । ती मानिसको शरीरमा कोरोना भाइरसलाई मार्ने एन्टिबडी पाइएको मोडर्नाले बताएको छ ।

अनुसन्धानमा यो पनि पत्ता लागेको छ की अनुसन्धानमा सहभागी भएका मानिसहरुको प्रतिरक्षा प्रणाली वास्तविक रुपमा नै कोरोना संक्रमित मानिसको समान थियो ।

के यो भ्याक्सिनले कोरोनाबाट बचाउला त ? जुलाइमा यस अनुसन्धानको ट्रायल विस्तृत रुपमा गरिने आशा गरिएको छ । कोरोना भाइरसलाई रोक्नको लागि विश्वभर विभिन्न किसिमका भ्याक्सिनहरु बनाउन थालिएको छ । विश्वभरका करिब ८० समूह भ्याक्सिनको विकास गर्न जुटिरहेका छन् ।

आशा गरिएको छ की भ्याक्सिन तयार भएपछि अधिकांश मानिसको प्रतिरक्षा प्रणाली कोरोना भाइरसविरुद्ध लड्नको लागि तयार हुनेछ । ताकि कोही पनि कोरोना भाइरसबाट बिरामी नहोस् । यदि भ्याक्सिन तयार भयो भने संसार पहिलाको गतिमा पुनः चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्