६ जेठ, काठमाडौं । विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।
प्रदेश-१ मा आज थप ११ जनामा कोरोना संक्रमित भएका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा झापाको केचनकवल गाउँपालिकामा ९ जना र सुनसरीका दुई जनाको रिपोर्ट पोजिटिभ पाइएको हो।
सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी हुन्। आजै मात्र कपिलवस्तुको मायादेवी गाउँपालिकाकामा ४ जना संक्रमित थपिएका छन्।
योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ।नेपालमा अहिलेसम्म ३२ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला बाँके १००, पर्सा ९१, कपिलबस्तु ४१, उदयपुर ३१, रुपन्देही -२८, रौटहट -२३ र काठमाडौं ८ लगायतका जिल्ला रहेका छन् । ६ जना निको भएर घर फर्किएका छन् । २ जनाको मृत्यु भएको छ ।