Logo

दक्षिण सुडानका उपराष्ट्रपति कोरोना संक्रमित



Spread the love


एजेन्सी । दक्षिण सुडानका उपराष्ट्रपति रिक मचार र उनकी पत्नी एन्जेलिना टेनीमा पनि कोरोना संक्रमण पाइएको छ । एन्जेलिना रक्षामन्त्री हुन् ।

कोरोना टास्क फोर्सका एक सदस्यमा कोरोना संक्रमणको पुष्टि भएपछि माशरले १३ मेमा कोरोनाको परीक्षण गराएका थिए । मचारले अप्रिल २७ मा पनि कोरोना परीक्षण गराएका थिए । त्यो बेलामा रिपोर्ट नेगेटिभ आएको थियो ।

मचारका बडीगार्ड र अरु कर्मचारीहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।

दक्षिण सुडानमा २३६ जना संक्रमित भइसकेका छन् भने ४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्