एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या लाख कटेको छ । बितेको २४ घण्टामा भारतमा ४९७० नयाँ केश देखिएका छन् भने १३४ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको छ भने ३१६३ जनाको मृत्यु भएको छ ।
निको भइ घर फर्किनेहरुको संख्या ३९, १७४ रहेको छ । भारतमा अहिले चौथो चरणको लकडाउन थालिएकाे छ ।
भारतमा सबैभन्दा नाजुक स्थितिमा महाराष्ट्र रहेको छ । महाराष्ट्रमा ३५ हजारभन्दा बढी संक्रमित रहेका छन् भने १२०० भन्दा बढीको ज्यान गइसकेको छ । महाराष्ट्रपछि तमिलनाडु, गुजरात, दिल्ली बढी प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्