Logo

छोरीद्धारा बाबुको हत्या



Spread the love

काठमाडौं । इलाममा छोरीले बाबुको हत्या गरेकी छिन् । इलामको देउमाई नगरपालिका–६ शान्तिडाँडामा सुष्मा राईले सोमबार राति बाबुलाई चिर्पटको प्रहार गरी हत्या गरेकी हुन् ।

बाबु छोरीको झगडापश्चात् हत्या भएको हो । २५ वर्षीय छोरी र ५२ वर्षीय बाबुबीच पटक–पटक झगडा हुँदै आइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रहरीले राति झगडा परेपछि छोरीले चिर्पटले हानेर हत्या गरेको जनाएको छ । बाबुको हत्यापछि उनी फरार छिन् । प्रहरीले उनलाई खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्