५ जेठ, काठमाडौँ । नेपालमा थप ५३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण भएको पाइएको हो।
जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमित संख्या ३५७ पुगेको छ। तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।
प्रतिक्रिया दिनुहोस्